भक्तपुर काँग्रेसकाे उपसभापतिमा नेपाल र सचिवमा ढुङ्गेल मनोनित

अनलाइन दर्पण 2018-08-23
img

भक्तपुर। नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिको उपसभापतिमा हरिप्रसाद नेपाल मनोनीत भएका छन् ।

त्यसैगरी बैठकले समितिको सचिवमा निशान ढुङ्गेल र सहसचिवमा किरण न्यौपानेको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

कार्यसमितिको आज सम्पन्न १६ औँ बैठकले  उहाहरुकाे नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

जिल्ला सभापति दुर्लभ थापाले ती नाम अनुमोदनका लागि प्रस्ताव गरेका थिए ।

जिल्ला सभापति थापाले दिलकृण्ण प्रजापति, गजेन्द्रशङ्कर तिमिला र विनोद कुमार उपाध्यायलाई जिल्ला सदस्यमा मनोनयन गरेका छन् ।

यसअघि रवीन्द्र प्रधान, सुशील बस्नेत र दयामान कर्माचार्य जिल्ला सदस्य भएका थिए ।

सभापति थापाले महासमिति सदस्य गणेशमान चक्रधर, बाबुराजा जोशी, रामेश्वरप्रसाद ढुङ्गेल, मदनकृष्ण श्रेष्ठ, रजनी जोन्छेंलगायतलाई स्थायी आमन्त्रित जिल्ला सदस्यमा मनोनयन गरेका थिए ।

 

सम्बन्धित समाचार

Advertisement