अखिलले सुरू गर्याे प्रचण्ड सरकारको भण्डाफोर अभियान

अनलाइन दर्पण 2016-10-21
img

काठमाडौं, असोज, ९ । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले प्रचण्ड नेतृत्वको सरकारले एकपछि अर्को गर्दै राष्ट्रिय हित र स्वाधीनता विरुद्ध गतिबिधि संचालन गर्न थालेको भन्दै  अाज राजधानीमा विराेध प्रदर्शन गरेको छ ।

रत्नराज्य लक्ष्मि क्याम्पस प्रदर्शनीमार्ग बाट अध्यक्ष नविना लामाको नेतृत्वमा जुलुसमा निस्केका अखिलका कार्यकर्ताहरूले प्रचण्ड नेत्रित्वकाे सरकार बिरुद्ध नारा लगाउँदै बागबजारबाट पुन प्रदर्शनीमार्गमा पुगेर सभामा परिणत भएको थियो ।

जुलुसमा सहभागीहरूले हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउन प्रधानमन्त्री र गृहमन्त्रीले प्रक्रिया अघि बढाएको र नेपाल सरकार तथा भारतीय दूतावासलाई समान स्तरको हैसियतमा राख्न खोजेको  अाराेप लगाउदै राष्ट्रियताको आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सभालार्इ सम्वाेधन गर्दै अध्यक्ष लामाले प्रधानमन्त्रीको हालै भएको भारत भ्रमणका क्रममा राष्ट्रिय हित विरुद्धका सम्झौता भएकाे आरोप लगाउँदै अखिलले अब राष्ट्रियताको पक्षमा सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी समेत  दिइन् ।

सम्बन्धित समाचार