प्रदेश ३ को राजधानी रामेछापमा पनि हुनसक्छः मुख्यमन्त्री पौडेल

अनलाइन दर्पण 2019-08-08
img

काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशको राजधानी हेटौंडामा हुनुपर्ने भन्ने पक्षमा आफू नरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित संचारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले प्रदेश ३ को राजधानी काठमाडौंमा वाहेक जुनसुकै स्थानमा हुनसक्ने भन्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले भने, ‘प्रदेशको राजधानी हेटौडैमा हुनुपर्छ भन्ने पक्षमा म छैन,घर पायकको आधारमा राजधानी नरहने कुरा पक्कै हो । रामेछाप र नुवाकोटमा पनि राजधानी रहन सक्छ त्यसमा म छलफल गर्न तयार छु ।’

सिंहरदबारको छायाँमा भने प्रदेश ३ को राजधानी रहन दिनुहुँदैन भन्ने मान्यतामा आफू अडिग रहेको बताएका उनले राजधानी काठमाडौंलाई व्यवस्थित बनाउन चाहेकाले पनि काठमाडौंमा प्रदेश ३ को राजधानी हुन नदिने निर्णयमा आफू पुगेको समेत स्पष्ट पारे ।

सम्बन्धित समाचार

Advertisement