सिन्धुपाल्चोक। स्थानीय निकायको चुनाव हुने नहुनेमा अन्योलता सगै देशभरी चुनावको माहोल तातेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले चुनावमा होमिइसकेको छ । एमालेका पार्टी कमिटीहरु संभावित उम्मेदवार चयनको लागि भेला र बैठकमा जुटिरहेका छन् । जिल्लाको सुनकोशी गाउँपालिकाको प्रमुखका लागि एमालेबाट कसलाई उम्मेदवार बनाउने भन्ने बहस पार्टी कमिटीमा सुरु हुन थालेको छ ।
२०५४ को स्थानीय निर्वाचनमा यस गाउँपालिकाका वडाहरु (साबिकका गाविसहरु)मा एमालेले बहुमत स्थानहरुमा बिजयी हासिल गरेको थियो । यस पटकको निर्वाचनमा पनि आफ्नो पार्टीको जितको सुनिस्चितताका लागी जनतामाझ प्रिय एबम प्रभावशाली नेतालाई उम्मेदवार बनाउनुपर्ने दबाब गाउँपालिकाका एमाले नेता कार्यकर्ताको छ ।
एमालेबाट गाउँपालिकाका प्रमुख पदमा उम्मेदवार बनाउने संभावित अनुहारमा बुद्धिजिबी परिषद्का सदस्य शिव न्यौपाने हुन् । गाउँपालिकाको प्रमुख पदमा उनको नाम कार्यकर्ता पंक्तिमा लिन थालिए पनि उनी स्वयंले भने त्यसबारेमा मुख खोलिसकेका छैनन् ।
एमाले जिल्ला कमिटिका सदस्य पुरुषोत्तम प्याकुरेल सुनकोशी गाउँपालिकाको प्रमुखका अर्का सशक्त दाबेदार हुन् । उनि कालिका गाबिसका पूर्व उपाध्यक्ष भइसकेका हुन् । उनको नाम पनि प्रमुख पदमा कार्यकर्ताले लिने गरेका छन् ।
गाउँपालिकाको प्रमुख पदमा पार्टी क्षेत्रीय कमिटिका अध्यक्ष प्रेम लामा र क्षेत्रीय उपाध्यक्ष मञ्जु नेपाल(भण्डारी) समेत संभावित उम्मेदवार हुन् ।
त्यस्तै एमालेबाट महिला नेत्री देबी अधिकारी र युवा बिद्यार्थी नेता ईश्वर तिमिल्सिनाको नाम समेत गाउँपालिकाको प्रमुख पदमा चर्चा हुन थालेको छ ।