भक्तपुरको विकास र समृद्धिको आधार नै यहाँका मठमन्दिर तथा पर्यटकीय क्षेत्र हुन : सांसद बस्नेत

अनलाइन दर्पण 2019-09-09
img

भक्तपुर, २३ भदौ । नेपाल कम्युनिष्ट पार्टीका युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा मठमन्दिर तथा पर्यटकीय क्षेत्रको विकास नै आर्थिक तथा सामाजिक विकास र समृद्धिको आधार भएको बताउनुभएको छ ।

राष्ट्रिय पुननिर्माण प्रधिकरणको आयोजनामा पुनःनिर्माण गरिएको सूर्यविनायक नगरपालिका वडा नं ४ स्थित पुरातात्विक, धार्मिक तथा एेतिहासिक महत्वको अनन्तलिङ्गेश्वर महादेव मन्दिर तथा झोलुङ्गे पुलको उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले अनन्तलिङ्गेश्वर मन्दिर धार्मिक रुपमा मात्र नभई पर्यटकीय हिसावले समेत महत्वपूर्ण रहेको बताउनुभयो ।

भक्तपुरको विकास अतुलनिय रहेको बताउँदै उहाँले नेपाल विश्वको तुलनामा विद्वान, वेद, पौराणीक तथा ऋषीहरुको देश भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भक्तपुरको विकास लालिगुराँस जस्तै चम्कीलो छ । भक्तपुरमा जिर्ण रहेका मठमन्दिर, विद्यालय लगायतका क्षेत्रहरुको पुनःनिर्माणले देशकै लागि उदाहरणीय कार्य तिव्र गतिका साथ भइरहेका छन् । जुन भक्तपुरको आर्थिक तथा सामाजिक विकास र समृद्धिको आधार हो ।’

Related Post

Advertisement