बम र पेस्तोलसहित विप्लव समूहका नेता पक्राउ

अनलाइन दर्पण 2019-09-23

भोजपुर। नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका भोजपुर जिल्ला सेक्रेटरी हतियारसहित पक्राउ परेका छन् । विप्लव नेकपाका भोजपुर जिल्ला सेक्रेटरी बमबहादुर विष्ट हतियारसहित पक्राउ परेका हुन् ।

विष्टलाई भोजपुर नगरपालिका–१० गजुरमुंखी भिर नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका विष्टबाट १ थान हेण्ड ग्रिनेट (बम), २ थान अटोमेटिक पेस्तोल, २ थान पेस्तोलेको म्यागेजिन र १० राउण्ड गोली बरामद भएको छ । उनको साथबाट २ वटा मोबाइल, १२ थान सिम कार्ड र नगद ५ हजार ९ सय ७० रुपैयाँ पनि फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सम्बन्धित समाचार

Advertisement