उपनिर्वाचनमा भक्तपुरः नेकपाले सिफारिस गर्‍यो ६ जना उम्मेदवारका आकांक्षी (यस्तो छ चुनावी अंकगणित)

अनलाइन दर्पण 2019-11-01
img

भक्तपुर, १५ कार्तिक । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवारका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भक्तपुरले ६ जना उम्मेदवारका आकांक्षीको नामावली  सिफारिश गरेको छ।पार्टीको जिल्ला कमिटीले सम्भाव्य उम्मेदवारको सिफारिश केन्द्रमा गरेको हो।

नेकपा  भक्तपुरले सर्वसहमत रुपमा तीन जनाको नाम सिफारिश गर्न नसकेपछी ६ जनाको नामावली केन्द्रमा पठाएकाे छ । ’पार्टीले बैठकले सिफारिस गरेको नाममा देवीप्रसाद ढकाल (डीपी), मोहनवीर श्रेष्ठ, रमेश बुढाथोकी, शम्भु दाहाल, दामोदर दंगाल र रामबहादुर श्रेष्ठ रहेका छन् । पार्टीले उम्मेदवार सिफारिसकाे लागी बोलाएको बैठकमा १८ जनाले उम्मेदवार हुने चाहाना राखेपनि अन्तिममा सहमति गर्दै ६ जनाको नाम पठाएको स्रोतले जानकारी दिएको छ ।

भक्तपुर जिल्लाको निर्वाचन क्षेत्र–१ (क) बाट प्रदेश सभामा तत्कालीन नेकपा एमालेबाट निर्वा्चित हरिशरण लामिछानेको निधन भएपछि सो क्षेत्रमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।  निर्वाचन आयोगको तालिका अनुसार यहिँ २१ गते राजनीतिक दलले आफ्नो उम्मेदवारी आयोगले तोकेको कार्यालयमा दर्ता गर्नु पर्नेछ ।

उक्त प्रदेशमा २०७४ सालमा सम्पन्न निर्वाचनमा बिजयी दल तत्कालिन नेकपा एमाले, मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र अर्को प्रतिस्पर्धी दल नेपाल मजदुर किसान पार्टीले शुक्रबारसम्म उम्मेदवार छान्न सकेको देखिदैंन् । भक्तपुर क्षेत्र नम्वर १ (क) (चाँगुनारायण नगरपालिका सबै वडा र भक्तपुर नगरपालिका वडा नम्बर १०) मा उप निर्वाचन हुदैछ ।

अघिल्लो निर्वाचनमा (नेकपा एमाले) नेकपाका स्वर्गीय हरिशरण लामिछाने १२ हजार सात सय ७९ मतसहित निर्वाचित भएका थिए । 

Related Post

Advertisement