सरकारको लोकप्रिय काम देखेर विपक्षी तर्सियो : मन्त्री अर्याल

अनलाइन दर्पण 2019-11-03
img

ओखलढुङ्गा। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारको काम देखेर विपक्षी तर्सिएको बताउनुभएको छ ।

शनिबार ओखलढुङ्गाको पोकली झरना सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री अर्यालले सरकारले जनताको भावनाअनुसार काम गरेर लोकप्रियता कमाएसँगै विपक्षी तर्सिएको बताउँदै सङ्घीयताको अभ्यास नेपालमा नौलो भएकाले यसको कार्यान्वयनमा चुनौती भए पनि सरकार सबै चुनौती सामना गरेर अघि बढ्न सफल भएको चर्चा गर्नुभयो ।

मन्त्री अर्यालले मुलुक समृद्ध बन्न गाउँ–गाउँदेखि विकासको अभियान थालिएको बताउँदै पोकली झरनाजस्ता प्राकृतिक सौन्दर्यता र स्थानीय संस्कृतिको प्रचार गरेर भ्रमण वर्षमा पर्यटक ल्याउन सके विश्वमा नेपालको पहिचान स्थापित हुने उल्लेख गर्नुभयो ।

Related Post

Advertisement