भारतद्वारा हालै प्रकाशित नक्सा खारेज गर्न विप्लवकाे चेतावनी

अनलाइन दर्पण 2019-11-07
img

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतद्वारा हालै प्रकाशित आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भागलाई भारतमा गाभेको विषयप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।

सो पार्टीका महासचिव विप्लवले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै भारतको यो रवैया नेपालमाथिको हमला भएको दाबी गरेका छन् । भारतलाई साम्राज्यवादी/विस्तारवादीको आरोप लगाउँदै विप्लवले नेपालको स्वाधीनता, स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएकोले भारतले तत्काल उक्त नक्सा खारेज गर्न चेतावनी दिएका छन् ।

नक्सा खारेज नगरे नेकपाले राष्ट्रिय स्वाधीनताको आन्दोलन सञ्चालन गर्ने चेतावनी दिँदै विप्लवले मुक्ति स्वाधीनताको सङ्घर्षमा जुट्न सबैलाई आह्वान गरेका छन् ।

विप्लवद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार उक्त नक्साको विरोधमा आज (२१ कात्तिक)मा नेकपाले मसाल जुलुस निकाल्दै छ । यस्तै, २२ कात्तिकमा कोणसभा गर्ने, २३ गते भारतीय दूतावासमा ज्ञापन पत्र बुझाउने, २४ गते अतिक्रमित भारतीय नक्सा जलाउने, २५ गते विरोध प्रदर्शन, २६ गते भारतका प्रधानमन्त्रीको पुत्ला जलाउने र कात्तिक २७ गते संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा विरोधपत्र दिने जनाइएको छ ।

सम्बन्धित समाचार

Advertisement