एमसिसिको कारण अर्थमन्त्रीको पद धरापमा

अनलाइन दर्पण 2020-06-08
img

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउन नेपाल कम्युनिस्ट पार्टीभित्र दबाब बढेको छ । सत्तारुढ दलभित्रै उनको चर्को आलोचना हुन थालेसँगै दबाब बढेको हो ।

बजेटमा अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशनसम्बन्धी एमसीसी घुसाइएको भन्दै खतिवडाको नेकपाभित्रबाट चर्को आलोचना भइरहेको छ । राजनीतिक पृष्ठभुमिका नभएकाले जिम्मेवार नदेखिएको टिप्पणीहरु भएका छन् ।

आज संसदमा बजेटबारे दफावार छलफलका क्रममा नेकपा सांसद नविना लामाले अर्थमन्त्री खतिवडाको आलोचना गरिन् । बजेटको १६६ धारामा सामुदायिक विद्यालयको शैक्षिक स्तरोन्नति गर्ने जिम्मेवारी निजी क्षेत्रबाट संचालित विद्यालयलाई दिने उल्लेख गरेबाट लामाले खतिवडालाई चुनाव लड्नुनपर्ने भएकाले पार्टी र सरकारलाई समेत अप्ठ्यारोमा पार्ने विषय राखेको टिप्पणी गरिन् । लामा प्रधानमन्त्री ओली निकट मानिन्छिन् ।

खतिवडाको नेकपा स्थायी समिति सदस्य भीम रावलले आलोचना गर्दै आएका छन् । एमसीसी बजेटमा घुसाएकोमा रावलको आक्रोश देखिन्छ ।

रावलले चकलेटमा कर घटाउने र कृषि मलका कर वृद्धि गर्ने गरेको भन्दै खतिवडाको आलोचना गरे । बजेटमा कर वृद्धि र कम गर्दा कमिशनको खेल भएको विषय चर्को रुपमा उठिरहेको छ ।

चकलेटमा १० प्रतिशत कर घटाउँदा करोडौंको कमिशनको खेल भएको चर्चा चलिरहेको छ । विराटनगरको सांघाई ग्रुपसँग मिलेर कर घटाएर चलखेल गरेको आरोप खतिवडामाथि लागेको छ ।

यसैगरी, कृषि मलको कर वृद्धिलाई रहस्यमय मानिएको छ । मल बढी विक्री हुने मौसममा कालाबजारीले मल भित्राइसकेको र कर वृद्धि गरी मुल्य चर्को बनाएर लाभ लिने नियत देखिन थालेको छ । मलको हाहाकार गराउने समुह अहिले सक्रिय भइसकेको छ । -ओटिभि नेपाल ड्टकमबाट 

Related Post

Advertisement