काठमाडौं , ४ मसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई खुशी बनाउने नाममा अरु नेतालाई बदनाम गर्ने काम तत्काल बन्द गर्न चेतावनी दिएका छन्।
उपाध्यक्ष गौतमको सचिवालयले बुधबार विज्ञप्ति निकालेर ओलीलाई खुशी पार्ने नाममा अरु नेताको बद्नामी गर्ने, भ्रम सिर्जना गर्दै अरु नेताको बदख्वाइँ गर्ने काम गरिएको भन्दै कडा आपत्ति जनाएको हो। अहिले ओलीलाई हावामा उडाएर सुन्दर राजनीतिक जीवनमा क्षति पुर्याउने काम भैरहेको गौतमको ठहर छ।