काठमाडौं , ४ मसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले नेकपा ‘हिमालपारिको संकेतबाट जुट्ने वा मैदानपारिको सक्रियताबाट फुट्ने’ पार्टी नभएको बताएका छन्। चीन र भारतलाई लक्षित गर्दै भट्टराईले दुई देशकाे संक्रियताले पार्टी फुट्ने वा जुट्ने कुरा नहुने बताएका हुन्।
‘घरेलु (नेपाली) बिउ, मल र हावापानीले उम्रिएको, हुर्किएको, बढेको र फैलिएको पार्टी हो नेकपा। यसको विकास र बिस्तारमा कुनै आयातित मल, बिउ र प्रविधिको प्रयोग गरिएको छैन। नेकपा जैविक र नेपाली विशेषताको मौलिक पार्टी हो’, फेसबुकमा स्टाटस लेख्दै भट्टराईले भनेका छन्, ‘यसको विकास वा विनाश यसैभित्र अन्तरनिहित छ। ‘हिमालपारिको संकेतबाट जुट्ने वा मैदानपारिको सक्रियताबाट फुट्ने’ यो मान्यता नेकपाको शरीरमा फिट नहुने सोच वा औषधि हो।‘
घरेलु (नेपाली )बिउ, मल र हावापानीले उम्रिएको, हुर्किएको, बढेको र फैलिएको पार्टीहो नेकपा । यसको बिकास र बिस्तारमा कुनै आयातित मल, बिउ र प्रबिधिको प्रयोग गरिएको छैन । नेकपा जैविक र नेपाली बिशेषताको मौलीक पार्टी हो । यसको बिकास वा बिनास यसैभित्र अन्तरनिहित छ । ‘हिमाल पारीको संकेतबाट जुट्ने वा मैदान पारीको सकृयताबाट फुट्ने’ यो मान्यता नेकपाको शरीरमा फीट नहुने सोच वा औषधी हो । अरु कसैमा यो उक्ति लागु हुनसक्छ । त्यो उनीहरुले नै जान्ने कुरा हो । एमाले र माओवादीबिचको एकताबाट बनेको नेकपा बिभाजनको इतिहासलाई क्रमभङग गरी एकताको इतिहास् निर्माणको परिणाम हो ।
यो सत्यहो अहिले नेकपाको हर सदस्यले सर्वाधिक कठिन क्षण भोगिरहेका छन । यो अवस्थामा प्रत्येक सदस्यका दुई हातमा
पानी कि पेट्रोल ?
पेट्रोलले उर्जा
पानीले उर्जा र जीवन
नेपालमा पानीका मुहान सुकेका छैनन् !