राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशमा पार्टीको ह्विप नमान्ने सांसदलाई कारबाही हुने बताएका छन् । अध्यक्ष केसीले पार्टीको निर्णय नमान्ने जनमोर्चाका गण्डकी प्रदेशका प्रदेश सांसद कृष्ण थापालाई कारबाही हुने बताएका हुन् ।
“पार्टीले सांसद बनाउँछ, पार्टीले नेता बनाउँछ पार्टीले सबै बनाउँछ । अब त्यसपछि बिक्री हुने, इमान बेच्ने, नीति बेच्ने, चरित्र बेच्नेलाई कारबाही हुन्छ । पार्टीको विधानअनुसार कारबाही प्रक्रिया अघि बढ्छ,” उनले बताए ।
पार्टीको निर्णयविपरीत सांसद थापाले नयाँ सरकार गठनमा विपक्षी गठबन्धनलाई सहयोग नगर्ने निर्णय गरेका थिए । यसँगै गण्डकी प्रदेशमा विपक्षी गठबन्धनको सरकार नबन्ने देखिएको छ ।