विभिन्न पार्टी परित्याग गर्दै सुडालमा सय युवा काँग्रेस प्रवेश

अनलाइन दर्पण 2022-11-12
img

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालमा आयोजित लोकतान्त्रिक बाम गठबन्धनको संयुक्तक्रियाशिल सदस्य भेलामा सुडालका सय भन्दा बढी युवा नेपाली काँग्रेस प्रवेश गरेका छन ।
निर्वाचन केन्द्रित कार्यकर्ता भेलामा उनीहरू विभिन्न पार्टी परित्याग गर्दै नेपाली काँग्रेस प्रवेश गरेका हुन ।
पार्टी प्रवेश गर्नुहुने सम्पुर्णलाई महासमिति सदस्य हरिप्रसाद नेपाल, बागमती प्रदेश सदस्य गणेश फुयाँल, जिल्ला सह सचिव यादव अधिकारी, नगर सभापति शिवहरी के.सी, वडा सभापति तिर्थराज धोरासाईने , वाम गठबन्धनका विभिन्न नेता लगायतका नेताले उहाँहरूलाई पार्टीमा स्वागत गर्नुभएको थियो ।
नेकपा एमाले, राप्रपा, नेमकिपा लगायतका दलमा आवद्द रहँदै आउनुभएका उहाँहरू बयलगाडा चढेर विश्व घुम्न, हिडे जस्तै यि दलमा बसेर कहीँ नपुगिने भन्दै नेपाली काँग्रेस प्रवेश गरेको बताउँछन् ।

सम्बन्धित समाचार

Advertisement