शेरबहादुर बने नयाँ प्रधानमन्त्री, प्रधानमन्त्रीकै समर्थनमा

अनलाइन दर्पण 2017-06-06
img

काठमाण्डाै, जेष्ठ २३ । पुरानाे प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डकाे प्रस्ताव र समर्थनमा अाज देशले नयाँ प्रधानमन्त्री पाएकाे छ । प्रचण्डकाे प्रस्ताव र समर्थनमा नेपाली कांग्रेसकाे सभापती शेरबहादुर देउवा मुलुककाे ४० अाै प्रधानमन्त्री हुनु भएकाे छ । तर गणतान्त्रिक नेपालको भने उनी नवौ प्रधानमन्त्री हुन् । देउवा प्रधानमन्त्री बनेको यो चौथोपटक हो ।

शेरबहादुर देउबाले कुल ५५८ मत खसेकाे मा ३८८ मत ल्याएर प्रधानमन्त्री हुनुभएकाे हाे । प्रधानमन्त्री विपक्षमा भने १७० मत खसेकाे थियाे । प्रधानमन्त्री भए सँगै देउवालार्इ अाेनसरी घर्तीले व्यवस्थापिका संसदकाे तर्फबाट बधार्इ तथा कार्यकालकाे शुभकामना व्यक्त गर्नु भएकाे छ । 

प्रधानमण्त्री प्रचण्डकाे राजीनामा सँगै २१ गते हुने भनिएकाे प्रधानमण्त्रीकाे चुनाव एमालेले भरतपुर घटनालार्इ लिएर संसद अवराेध गरेकाे कारण हुन सकेकाे थिएन । 

प्रचण्ड प्रधानमन्त्री भएकै अवस्थामा अाफ्नै प्रस्ताव र समर्थनमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा अाज प्रधानमण्त्री बनेकाे हाे । यस्ताे घटना विश्व राजनीतिकै दुर्लभ घटना भएकाे पुर्व प्रधानमन्त्री तथा माअाेवादी केन्द्रकाे अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले बताउनु भयाे । 

सम्बन्धित समाचार

Advertisement