जिल्ला समन्वय समिति सुर्खेतमा कांग्रेसको प्यानल नै विजयी

अनलाइन दर्पण 2017-08-07
img

सुर्खेत, २३ साउन ।  जिल्ला समन्वय समिति सुर्खेतमा नेपाली कांग्रेसको प्यानलले  नै जीत हासिल गरेको  छ । एमालेका उम्मेद्वारहरुर्लाइ पराजित गर्दै कांग्रेसले  जिल्ला समन्वय समितिमा एकलौटी रुपमा बाजी मारेको  हो । 

समन्वय समितिको प्रमुखमा छविलाल सिग्देल र उपप्रमुखमा देवी भटटराई निर्वाचित हुनुभएको छ भने  समितिको महिला सदस्यमा बालकुमारी पुन, रमा बिसी र पुर्णा चालिसे चयन हुन भएको छ । त्यस्तै दलित अल्पसंख्यकबाट पुसे कामी र अन्यबाट वीरसिंह घर्ति, बासुदेव शर्मा र तिर्थ रावल विजयी हुनुभएको छ ।

९ सदस्यीय समन्वय समितिको लागी सोमबार भएको चुनावमा कांग्रेसका उमेदवारले ११ मत र एमालेका उम्मेदवारले ७ मत प्राप्त गरे । ९ वटा स्थानीय तह रहेको सुर्खेतमा समन्वय समितिको लागि १८ जना मतदाता थिए । 

सम्बन्धित समाचार

Advertisement