एमाले चितवनको अध्यक्षमा कृष्णभक्त पोखरेल निर्वाचित

अनलाइन दर्पण 2016-10-24
img

९ कात्तिक । नेकपा (एमाले) चितवनको अध्यक्षमा कृष्णभक्त पोखरेल ४ सय १४ मत ल्याएर निर्वाचित भएका छन् । आज विहान घोषित परिणाम अनुसार निर्वतमान अध्यक्ष जगन्नाथ थपलियालाई १ सय २५ मतले पछी पार्दै  उनी अध्यक्ष निर्वाचित भएका हुन् ।

उपाध्यक्ष र उपसचिवमा पोखरेल प्यानलकै निर्वाचित भएका छन् भने सचिवमा थपलिया प्यानलबाट निर्वाचित भएका छन् । उपाध्यक्षमा तेजबहादुर खड्का , सचिवमा पार्वती रावल र  उपसचिवमा सूर्यवदना हमाल  निर्वाचित भएका हुन् ।

यसअघि हिजो राती घोषित सदस्य पदको परिणाम अनुसार अधिकांश सदस्यहरु पोखरेलकै प्यानलबाट निर्वाचित भएका छन् ।

केन्द्रमा प्यानलका आधारमा निर्वाचन नहुने भनिए पनि जिल्लामा त्यो क्रम रोकिएको छैन । पोखरेललाई बरिष्ठ नेता माधव नेपाल पक्षधर र थपलियालाई अध्यक्ष केपी ओली पक्षधरका रुपमा चिनिन्छ । चितवनमा यसअघि ओली पक्षधरको पकड रहँदै आएको थियो । ८४ सदस्यीय जिल्ला कमिटीमा सचिव रावल र सदस्य कमल पाठक दुईजनाबाहेक सबै माधव नेपाल पक्षधरले जितेका छन् ।

सम्बन्धित समाचार

Advertisement