नेपालकाे राजनैतिक घटनाहरुलार्इ नियाल्ने हाे भने अाज देश संसदबाद मान्ने र संसदबाद नमान्ने गरि दुर्इ ध्रुव तिर धकेलिएकाे देखिन्छ । संसदबाद मान्ने धारका पक्षधरहरु अाफ्नाे संरचनालार्इ बलियाे बनार्इ टिकि रहनकाे खातिर स्थानिय, प्रान्तिय र केन्द्रिय निकायकाे निर्वाचनमा कम्मर कसेर अगाडि बढिरहेका छन् भने संसदबाद नमान्ने पक्षधरहरु संसदिय संरचना जरैबाट उखलेर फाल्न निर्वाचन खारेजी अभियान चलार्इरहेका छन् ।
संसदिय संरचना जरैबाट उखलेर फाल्न निर्वाचन खारेजी अभियान चलार्इरहेका नेपाल कम्यूनिष्ट पार्टीका माहासचिव नेत्र विक्रम चन्द विप्लवले सगरमाथा टेलिभिजन अन्तर्गत जिवराम भण्डारी सँगकाे इन्टरभियुमा नेपालमा खुल्लेअाम भारतिय प्रहरीहरु नेपाली भुमिमा अाएर नेपाली जनताहरु गिरफ्तार र हत्या गर्दा सम्म पनि नेपालका गृहमन्त्रि मुतेर बसेकाे टिप्पनी गर्नु भएकाे छ ।
हाल नेपाल कम्यूनिष्ट पार्टीले बारम्बार प्रजातान्त्रिक देशभक्त तथा राष्ट्रबादी जनताहरुसँग पनि ध्रुविकरण हुने कुरा उठाइरहेकाे कुरालार्इ काेड गर्दै गरिएकाे प्रजातान्त्रिक देशभक्त तथा राष्ट्रबादी जनताहरु भनेकाे काे हाे ? भनि प्रश्न गर्दा पुर्व राजाले नेपाल कम्यूनिष्ट पार्टीलार्इ राष्ट्रकाे निम्ती निस्वार्थ भावनाले साथ दिए संसदबादी दलहरु जाे अाफुलार्इ अव्वल गणतन्त्रबादी तथा राष्ट्रबादी शक्ति ठान्नेहरुले लाज मान्नु पर्ने तर्क गर्नु भएकाे छ ।
हेर्नुहाेस इन्टरभ्यू यस्ताे छ ।