नेपाली कांग्रेसले ३३० प्रादेशिक निर्वाचन क्षेत्रमा जलपान गर्ने

अनलाइन दर्पण 2017-09-19
img

काठमाडौं, ३ असोज।  नेपाली कांग्रेसले दशैंको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम प्रदेश तहमा गर्ने निर्णय गरेको छ । यसअघि कांग्रेसले दशैंको कोजाग्रत पूर्णिमाको दिन केन्द्रमा जलपान कार्यक्रम गर्दथ्यो ।

‘आसन्न संसदीय र प्रादेशिक निर्वाचनका लागि आम जनता माँझ क्रियाशील रहनु पर्ने भएकाले सो कार्यक्रमलाई अझ व्यापकता दिनु पर्ने आवश्यकता बोध गर्दै केन्द्रको सट्टा यस वर्षको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम ३३० प्रादेशिक निर्वाचन क्षेत्रमा नै आयोजना गर्ने नेपाली कांग्रेसले निर्णय गरेको छ,’ मुख्य सचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

Advertisement