जोशीको उम्मेदवारी खारेजी, पौडेललाई मिल्याे राहत

अनलाइन दर्पण 2017-11-05
img

काठमाडौं, १९ कात्तिक । भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएको भन्दै निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेजीको निर्णय गरेको छ ।

कांग्रेसले टिकट नदिएपछि पूर्वगृहमन्त्री समेत रहेका जोशीले प्रतिनिधिसभा सदस्यका लागि तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर, जोशीविरुद्ध कांग्रेस नेता तथा तनहुँ क्षेत्र नम्बर १ उम्मेदवार रामचन्द्र पौडेलले उजुरी दिए ।

जोशीविरुद्ध परेको उजुरीका सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले आयोगबाट निर्देशन मागेको थियो । आयोगले नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने कानुनी व्यवस्था भएको भन्दै जोशीको उम्मेदवारी बदर गर्न निर्देशन दिएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालले जोशीको उम्मेदवारी खारेज भएको पुष्टि गरे ।

आयोगको यो निर्णयसँगै कांग्रेसका वरिष्ठ नेता समेत रहेका रामचन्द्र पौडेललाई राहत मिलेको छ ।

सम्बन्धित समाचार

Advertisement