दुई नम्बर प्रदेशमा कांग्रेसको अग्रता

अनलाइन दर्पण 2017-12-13
img

काठमाडौं । प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा २ नम्बर प्रदेशबाट बढारिएको नेपाली कांग्रेस समानुपातिकतर्फ भने अगाडि छ । 

२ नम्बर प्रदेशमा समानुपातिकतर्फ ८ लाख २० हजार २०८ मतगणना गर्दा कांग्रेसले अन्य दललाई पछि पारेको हो ।

कांग्रेसका पक्षमा २ लाख ८ हजार १६२ मत खसेको छ भने दोस्रो स्थानमा रहेको राजपाले १ लाख ५९ हजार ८४३ मत पाएको छ । 

तेस्रो स्थानमा रहेको संघीय समाजवादी फोरमले १ लाख ५५ हजार मत २७२ पाएको छ भने चौथो स्थानमा रहेको एमालेलाई १ लाख ३४ हजार ७२१ मत परेको छ । 

पाँचौँ स्थानमा रहेको माओवादी केन्द्रले भने  ८८ हजार ५१६ मत ल्याएको छ । 

सम्बन्धित समाचार

Advertisement