१ भोटका लागि १० हजार खर्च

अनलाइन दर्पण 2018-01-07
img

प्रतिनिधिसभाकाे निर्वाचनमा एक उम्मेदवारले निर्वाचन आयोगले तोकेको अधिकतम खर्च गर्न पाउने सिमा रकम  २५ लाख रुपैयाँ खर्च गरे पनि ज्यादै न्यून मत पाए । 

राष्ट्रिय जनमुक्ति पार्टीबाट दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनेका ठाकुर रोकाले  उक्त निर्वाचन क्षेत्रमा रहेका १० उम्मेदवारमध्ये सबैभन्दा बढी खर्च गरेका हु्न।

रोकाले २५ लाख खर्च गरे पनि मत भने २ सय २९ मात्रै पाए। उनले पेस गरेको खर्च विवरण हेर्ने हो भने यो मतपरिणाम निकै अस्वाभाविक देखिन्छ। उनले पाएकाे एक मतका लागि  १० भन्दा माथी खर्च भएकाे देखिन्छ ।

उनले चुनावमा खर्च भएको २५ लाख रुपैयाँकाे विवरण जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका छन्।उनले सबैभन्दा बढी खर्च खानपानमा भएको उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

Advertisement