डिसहोमले माग्याे विभिन्न पदमा कर्मचारीहरु। अनलाइनबाटै आवेदन दिन मिल्ने

अनलाइन दर्पण 2020-08-25
img

काठमाडौ । स्याटलाइट प्रविधिमा आधारित डीटीएच सेवा प्रदायक कम्पनी डिसहोमले विभिन्न पदमा कर्मचारीहरु माग गरेको छ । सीए–सेमी क्वालीफाइट (अकाउन्टिङ, फाइनान्स र अडीट) गर्नसक्ने एकजना रोजगारदाता खोजेको छ । जसका लागि सम्बन्धित विषयमा ब्याचलर डिग्री गरेको हुनुपर्छ । साथमा कम्तीमा दुई वर्ष काम गरेको अनुभव चाहिन्छ ।

कम्पनीका अनुसार २० देखि ४० वर्ष उमेर समूहका व्यक्तिले १ सेम्टेम्बरसम्म आवेदन दिइसक्नु पर्नेछ । त्यसैगरि अर्को असोसियट सेल्स अफिसर रहेको छ । यस पदका लागि तपाईंले मिडिया, प्रकाशन र कार्यक्रम व्यवस्थापनको काम गर्नुपर्ने हुन्छ । माथिको जस्तै यस पदका लागि पनि एकजना कर्मचारी माग गरिएको छ । यस पदका लागि तपाईंको योग्यता ब्याचलर डिग्री सम्बन्धित विषयमा चाहिन्छ र एक वर्ष कम्तीमा काम गरेको अनुभव हुनुपर्छ ।

डिसहोमका अनुसार २५ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिले यस पदका लागि २५ अगस्टसम्म आवेदन दिइसक्नु पर्नेछ । त्यसैगरी अर्को जूनियर विज्ञापन अधिकारीको माग गरिएको छ । यस्मा पनि मिडिया, प्रकाशन र कार्यक्रम व्यवस्थापनको काम गर्नुपर्छ । यस पदका लागि पनि एक जना मात्रै माग गरिएको छ ।

सम्बन्धित विषयमा ब्याचललर डिग्री चाहिन्छ र दुई वर्ष कम्तीमा काम गरेको अनुभव हुनुपर्छ । कम्पनीका अनुसार २५ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिले अगस्ट ३० सम्म आवेदन दिइसक्नु पर्छ । अनलाइनबाट पनि आवेदन दिन सक्नुहुन्छ ।

Related Post

Advertisement