नवलपरासीमा अपाङ्गता भएका व्यक्तिहरुलाई झुल बितरण

अनलाइन दर्पण 2019-07-02
img

अंगद यादव/नवलपरासी पश्चिम १७ असार ।

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाको वार्ड नं.-६ गुठीप्रसौनीमा अपाङ्गता भएका व्यक्तिहरुलाई एक कार्यक्रमका बीच झुल बितरण गरिएको छ । प्रतापपुर गागपालिका वडा नं.-६ को सहयोग र श्री जन जागृति अपाङ्ग संस्था( सिबिआर नेटवर्क)नवलपरासीको आयोजनामा साेमबार झुल बितरण कार्यक्रम सम्पन्न भएको हो ।

जन जागृति अपाङ्ग संस्था( सिबिआर नेटवर्क)नवलपरासीको अध्यक्षता बच्चा राजभरको अध्यक्षता, प्रतापपुर गाउँपालिकाको अध्यक्ष राजकुमार शर्माको प्रमुख अतिथित्यता रहेको कार्यक्रममा बोल्दै गाउपालिका भित्र रहेका हरेक वर्ग समुदायलाई समेटेर अगाडी बढी रहेको शर्माले बताए ।

अपाङ्गता भएका व्यक्तिहरुलाई क्षमता वृद्धिको विकास र आय आर्जनको लागि सिलाईकटाई, कम्प्युटर तालिमको जस्तो सिपमूलक तालिमको आश्यक रहेको अध्यक्ष शर्माले भने ।

पानीको कारण विभिन्न प्रकारको रोगको संकर्मण बढी रहेकोले शुद्ध खाने पानीको व्यवस्था अगामी बर्ष सम्म गरिने लक्ष्य शर्माले बताएका छन ।

कार्यक्रममा वडा नं.-६ वडाध्यक्ष रामहरी उपाध्याय, वडा नं.-८ का वडाध्यक्ष कादिर अन्सारी, गाउपालिका महिला सदस्य हदिसुन नेसा वडा सदस्य राजेन्द्र गुप्ता जन जागृति माद्यामिक विद्यालयका प्रधानाध्यापक बावुराम शर्मा सुवेदी सशस्त्र प्रहरी बल गूठी प्रसौनीको प्रमुख माधव पण्डित पत्रकार लगायतको उपस्थित रहेको थियो । उक्त वडाका ५६ जना अपाङ्ग भएकाहरुलाई झुल बितरण र सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

Advertisement