पत्रकार चन्द र गुरुङले पाए सफाई

अनलाइन दर्पण 2019-09-11
img

काठमाडौं, २५ भदौ । बिधुतिय कारोबार सम्बन्धि साइबर अपराधको मुद्दा खेपिरहेका पत्रकार गोपाल चन्द र केबी गुरुङले अदालतबाट सफाइ पाएका छन् । समाचार लेखेकै आधारमा पोष्टपाटी डटकमका सम्पादक गोपाल चन्द र संचालक केबी गुरुङले बिधुतिय कारोबार सम्बन्धि मुद्दा खेप्दै आएका थिए ।

१० महिनापछि काठमाडौं जिल्ला अदालतले मंगलबार मुद्दाको छिनोफानो गरेको हो । न्यायाधीश बिदुर कोइरालाको एकल इजलासले प्रतिवादी पत्रकार द्वय चन्द र गुरुङलाई सफाइ दिएको हो ।

अदालतमा आज भएको बहसमा पत्रकार चन्द र गुरुङको तर्फबाट अधिबक्ता कान्तिराम ढुंगाना र अधिबक्ता दिबस निरौलाले बहस गरेका थिए ।

प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले सम्पादक चन्दलाई समाचार लेखेकै आधारमा गएको मंसिर ११ गते पक्राउ गरि विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्धा चलाएको थियो । उनि १८ दिने हिरासत बसाइपछि छुटेका थिए ।

सूचना विभागमा समेत सूचिकृत अनलाइनको समाचारलाई लिएर चन्दलाई पक्राउ गरिएपछि प्रहरीको आलोचना समेत भएको थियो । किनकि, सूचीकरणमा रहेका अनलाइनका समाचारबारे प्रेस काउन्सिलले हेर्दै आएको छ ।

Related Post

Advertisement