नवलपरासीमा बेवारिसे शवको सनाखत, हत्या भएको आशंका

अनलाइन दर्पण 2019-10-16
img

अंगद यादव/ नवलपरासी पश्चिम पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको वडा नं.-६ गूठी प्रसौनी भारतीय गण्डक बाँध स्थीत नालमा एक यूवकको शव फेला परेको छ । फेला परेको यूवक सनाखत सुस्ता गाउपालिका वडा नं.-५ बेलवानीको ३५/४० वर्षिय राजकुमार डोम रुपमा रहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । बिहान छ बजे भारतीय बाँध नजिक मोटरसाइकल ढलेको अवस्थामा देखेपछि स्थानीयले नजिको गूठी प्रसौनी चौकीलाई खवर गरेको थिए । मृतकाका छोरी, दाइ, भाई र अाफन्तले राजकुमार कै शव भएको दाबी गरेको प्रहरीको भनाइ रहेको छ । मृतकको टाउकोमा धारिलो हतियारले प्रहार गरेको ठूलो घाउको निशान देखिएको छ । बिहान भैंसी चराउन अाएका स्थानीयले भारतीय गण्डक बाधको दक्षिणी दिशाको तल साइडमा एउटा भारतीय प्लेट युपी ५७ जेड ६१५२ नम्बरको मोटरसाइकल ढलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

प्रहरी अाएपछि घटनास्थललाई घेरा गरि व्यक्ति लाई खोजी गर्दा मोटरसाइकल ढलेको देखि बाधको उत्तर दिशाको सय मिटर टाढा भारती बाधको नजिकको नालामा घोप्टो रहेको अवस्था एउटा शव फेला परेको थियो । प्रहरीले डोमको गैराति नै हत्या गरेर फालिएको हुन सक्ने अाशांका गरेको छ यसबारे थप अनुसंधान भइरहेको जानाएको छ । मृतका दुई छोरा दुई छोरी रहेका छन भने श्रीमती भने अन्तै कहाँ गएको अहिलेसम्म थाहा नभएको छ । शबको मुचुल्का उठाएर पोस्टमार्टमको लागि परासी पठाइएको छ । मृतका जेठी छोरी गुडिया डोमको भनाइ अनुसार बुवा दुईदिन पहिला भारतीय प्लेट नम्बर भएको नया मोटरसाइकल किनेका थिए र त्यही मोटरसाइकलको बिलबुक लिन म संग सय रुपैया मागेर दिउसो १२ बजे हिडेका थिए तर बिहान सम्म नअाउदा चिन्ता भएको तर बिहान दस बजे प्रहरीले बुवा संग भेटिएको मोबाइलको अाधारमा मेरो घरमा प्रहरी पुगेको थियोे र मलाई लिएर अाएर शव चिन्दा मेरै बुवाको मोटरसाइकल , चप्पल , रुमाल , हेलमेट , कपडा लगायतको समान भएको चिनेको उनले भनिन् । नालाबाट लास झिकिपछि पनि छोरीले चिनेका थिइन ।

सम्बन्धित समाचार

Advertisement