अब मदिरा बेचे १० हजार, खाए ५ हजार जरिवाना

अनलाइन दर्पण 2019-11-06
img

डोटी जिल्लाको शिखर नगरपालिका वडा नं १ कपल्लेकीले आफ्नो वडामा मदिरा बिक्री वितरण गर्ने तथा सेवन गर्नेलाई कारवाही गर्ने भएको छ।  

वडाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी, स्थानीयवासीको मङ्गलबारको बैठकले वडाभरिमा मदिरा बिक्री वितरण व्यापक भएको भन्ने गुनासो आएपछि वडाले मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाएको हो। 

वडाभित्र मदिरा बिक्री वितरण गर्नेलाई  १० हजार र खानेलाई  पाँच हजार जारिवाना गराउने निर्णय गरिएको वडाध्यक्ष खड्कबहादुर शाहीले बताए। उनले भने, “वडाको निर्णय अटेर गर्नेलाई कानूनबमोजिम सजाय हुनेछ।” वडामा मदिराका कारण विभिन्नखाले घटना तथा घरेलु हिंसा बढेको गुनासो आउन थालेपछि यस्ताे निर्णय गरिएको वडाध्यक्ष शाहीले बताए। 

सम्बन्धित समाचार

Advertisement