मुख्यमन्त्री पौडेलले गरे प्रदेशको स्थायी राजधानी र नामाकरण बारे यस्तो खुलासा

अनलाइन दर्पण 2019-11-14
img

हेटौँडा, २८ कार्तिक । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ३ नम्बर प्रदेशको स्थायी राजधानी र नामकरण आउँदो १५ दिनभित्र टुङ्गिने दावी गर्नुभएको छ ।

आन्तरिक राजश्व विभाग र सिस्नुपानी नेपालद्वारा बिहीबार हेटौँडामा आयोजित करमैत्री यात्रा हास्यब्यङ्ग्य मनोरञ्जन कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले कर तिर्नु सबैको दायित्व हो भन्दै जनताले कर तिरेर सरकारको कामलाई सहयोग गर्नुपर्नेमा आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘देश ऋण र अनुदानबाट होइन। जनताले मेहनत गरेर बुझाएको करबाट राज्य सञ्चालन हुनुपर्छ । कर तिर्ने पद्धतिको विकास गर्नुपर्छ । जनताले तिरेको कर सदुपयोग भएको छ कि छैन।त्यो जनताको अधिकार हो। त्यसमा सजग र सतर्क हुनुपर्छ ।’

आन्तरिक राजश्व कार्यालय हेटौँडाका प्रमुख सन्तबहादुर ढकालको सभाध्यक्षतामा भएको सो कार्यक्रममा कलाकार मनोज गजुरेल, धीरेन्द्र प्रेमर्षिलगायतले कर तिर्ने सम्बन्धमा मनोजञ्जनात्मक प्रस्तुति प्रस्तुत गरिएको थियो ।

Related Post

Advertisement