गोल्डमेडलिष्ट डान्सर स्वजन रघुबंशी किर्तिमानी युबा सघ नेपाल ललितपुर अध्यक्ष

अनलाइन दर्पण 2017-03-29
img


काठमाडौ। नेपालको डान्समा यो बर्ष गोल्ड मेडलिष्ट बनेका डान्सर एवम् डान्स डाइरेक्टर स्वजन रघुबंशी ललितपुर जिल्ला अध्यक्ष सर्वसहमत बाट बनेका छन्।
विश्व कीर्तिमानी कायम गरि गिनिज बुक अफ वल्ड रेकडमा नाम लेखाउन सफल र कीर्तिमानी उन्मुख क्षमतावान युवा लगाएत सामाजिक सस्थाको माध्यम बाट समाजमा विभिन्न गतिबिधिहरु सन्चालन गरि समाज परिवर्तन गर्न ईच्छुक सचेत गैर कीर्तिमानी युवाहरुको छाता सङठनको रुपमा रहेको सस्थाको ललितपुर जिल्ला शाखा बिस्तार भएको हो । 

संस्थाको केन्दीय अध्यक्ष चित्र कुमार कार्किको विशेष उपस्थितिमा स्वजन रघुवशीको नेतृत्वमा ७ सदस्यिय कीर्तिमानी युवा संघ नेपाल,ललितपुर शाखा गठन भएको हो। तदर्थ समितिमा अध्यक्ष स्वजन रघुवंशी, उपाध्यक्ष शर्मिला महर्जन महासचिब उषा श्रेष्ठ,सचिब अजय गुरुग, कोषाध्यक्ष साजन रघुवंशी र सदस्यहरुमा सद्धिक्षा रहफल महर्जन दिपेश चित्रकार रहेको छ । बाकी थप सदस्यहरु सस्थाको बैठक बाट मनोनयन गरि पुर्णता दिने सस्थाका अध्यक्ष स्वजन रघुवंशीले जानकारी दिए । शाखा बिस्तार सङ्गै शाखाले तत्काल सकृय रुपमा समाजमा रहेका बिबिध खालका समस्याहरु लाई पहिचान गरि परिवर्तन र देशको परिस्थिती अनुसारको विभिन्न सामाजिक अभियानहरु सन्चालन गर्ने साथै युवाहरुमा लुकेर रहेको प्रतिभा र क्षमताहरुको प्रबर्द्धन गर्न कार्यक्रमहरु आयोजना गर्ने सस्थाका महासचिब उषा श्रेष्ठ बताएका छ्न् ।

Related Post

Advertisement