नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुग्यो,  आज थप २७९ जनामा संक्रमण पुष्टि

अनलाइन दर्पण 2020-06-10
img

काठमाडौं, २८ जेठ । नेपालमा  पछिल्लो २४ घन्टामा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ ।

मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या ४ हजार ३६४ पुगेको जनाए । जसमध्ये २ सय ५७ पुरुष र महिला २२ जना छन् ।

प्रवक्ता गौतमका अनुसार गत २४ घन्टामा थपिएको संख्यासहित नेपालमा संक्रमितको संख्या ४३ सय ६४ पुगेको छ ।

संक्रमित हुनेमा मोरङका ८ जना, झापाका ५ जना, चितवनका २ जना, उदयपुरका १ जना, नवलपुरका १ जना, सर्लाहीका २ जना, नवलपरासी पश्चिमका ५ जना, पाल्पाका १२ जना, प्युठानका ६ जना, रुपन्देहीका ७ जना, बाँकेका ३ जना र बर्दियाका १ जना रहेका छन् ।

त्यसैगरी सप्तरीका ६ जना, दैलेखका २५ जना, जाजरकोटका ३ जना, सुर्खेतका ९ जना, दार्चुलाका १ जना, कैलालीका १२ जना, कञ्चनपुरका २ जना, डडेलधुराका १ जना, सर्लाहीका २५जना, कपिलवस्तुका ४८ जना, धादिङका १६ जना, धनुषाका ११ जना, गोरखाका ४ जना, नुवाकोटका १ जना, रौटहटका ५३ जना, सिन्धुपाल्चोकका २ जना, सिरहाका १ जना र उदयपुरका ३ जना रहेका छन् ।

सम्बन्धित समाचार

Advertisement