कोरोना प्रकोप : नेपालमा थप २ जनाको मृत्यु

अनलाइन दर्पण 2020-06-18
img

काठमाडौं, ४ असार। नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुदूरपश्चिम प्रदेशको कैलालीका एक पुरुष र एक महिला रहेका छन् |

लम्की चुहा नगरपालिका २ की ४३ बर्षीया महिला र गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रलयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर उपचारको क्रममा मृत्यु भएकी ४३ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनको मंगलबार मृत्यु भएकोमा बुधबार साँझ कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो ।

कैलालीकै गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय पुरुषको पनि सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

स्वस्थ्यमा समस्या आएपछि धनगढीकै नवजीवन अस्पतालमा उपचार गर्न गएका उनलाई कोरोना संक्रमण भएको शनिबार पुष्टि भएको थियो । लगतै उनलाई प्रादेशिक अस्पताल सारिएको भएपनि मृत्यु हुन पुगेको हो । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

नेपालमा बिहीवार थप ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।

सम्बन्धित समाचार

Advertisement