बिरामी बोकेको एम्बुलेन्स त्रिशुलीमा खस्याे

अनलाइन दर्पण 2020-09-01
img

काठमाडौं । बिरामी बोकेको एम्बुलेन्स त्रिशुलीमा खस्दा ५ जना घाइते भएका छन् । काठमाडौंबाट बिरामी बोकेर सर्लाहीतर्फ गइरहेको ना ५ च १०३३ नम्बरको एम्बुलेन्स चितवनको इच्छाकामना–३ पानीधारा भन्ने ठाउँमा अनियन्त्रित भइ त्रिशुलीमा खस्दा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान करिब सवा पाँच बजे उक्त दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा सर्लाही बरहथवा नगरपालिका–२ की १५ वर्षीया बाधे राना मगरको अवस्था गम्भिर रहेको छ ।

एम्बुलेन्स चालक झापा गौरीगञ्ज गाउँपालिका–१ का सरोज दाहाल, बरहथवाका ५० वर्षीया दिलमाया रानामगर, २६ वर्षकी मेककुमारी रानामगर र ३४ वर्षका नरबहादुर मगर घाइते भएका छन् ।

घाइते दिलमाया रानामगर क्यान्सरकी बिरामी हुन् । उनको उपचारपछि घर फर्कंदै गर्दा दुर्घटना भएको प्रहरीले बताएको छ ।

घाइतेहरु सबैलाई उपचारका लागि भरतपुर पठाएको मुग्लिन प्रहरीले जनाएको छ ।

घटनास्थल मुग्लिन बजारबाट १४ किलोमिटर पर रहेको छ । एम्बुलेन्स सडकबाट खसेर नदीको किनारमा पुगेको प्रहरीले जनाएको छ ।

घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुर पठाइएको छ ।

सम्बन्धित समाचार

Advertisement