देशभर थपिए ९०२ जना संक्रमित,संक्रमित संख्या ४८ हजार नाघ्यो

अनलाइन दर्पण 2020-09-08
img

काठमाडौँ, २३ भदौ । थप ९ सय २ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४८ हजार १  सय ३८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड.जागेश्वर गौतमका अनुसार १० हजार ६११ नमुना परीक्षण गर्दा ९ सय २ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज २  हजार २ सय ८७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३२  हजार ९ सय ६४ जना रहेको छ । आज ६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ सय ६ जना पुगेको छ ।

Related Post

Advertisement