प्रेस सङ्गठन नेपाल भक्तपुरको संयोजकमा ढकाल

अनलाइन दर्पण 2021-02-08
img

भक्तपुर । प्रेस सङ्गठन नेपाल भक्तपुर जिल्लाको संयोजकमा हेमराज ढकाल चयन भएका छन् । सङ्गठनकाे उपत्यका प्रदेश कमिटीले काठमाडौं, ललितपुर र भक्तपुरमा नयाँ जिम्मेवारी तोके अनुसार भक्तपुर जिल्लाको संयोजकमा हेमराज ढकाल र सहसंयोजकमा अन्जना शिल्पकार चयन भएका हुन् । 

त्यसैगरि काठमाडौँ जिल्लाको संयोजकमा पुकार तिमिल्सना, सहसंयोजकद्धयमा ज्योति जिसी र नूरराज कँडेल चयन भएका छन् । 

ललितपुर जिल्लाको संयोजकमा बालमुकुन्द आचार्य र सहसंयोजक अशोक दुलाललाई चयन गरिएको छ । 

उपत्यका प्रदेश कमिटीको यही माघ २४ गते कमिटीका संयोजक हेमराज सिलवालको अध्यक्षता, केन्द्रीय संयोजक गणेश बस्नेत, केन्द्रीय नेता गणेश पाण्डे, उपत्यका इञ्चार्ज प्रकाश सिलवाललगायतको विशेष बैठकले सो निर्णय गरेको हो ।

पुनःगठित कमिटी जिल्लामा कमिटी विस्तारसहित सक्रियतापूर्वक गतिविधि गर्न निर्देशन दिइएको  उपत्यका इञ्चार्ज प्रकाश सिलवालले बताए ।

सम्बन्धित समाचार

Advertisement