टेक्सस। गैर आवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार कृष्ण जीबी पन्थले ‘गतिशिल,पारदर्शी र संस्थागत एनआरएनए’ का लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ । टेक्ससको विभिन्न कार्यक्रममा सहभागि हुने क्रममा पन्थले सो कुरा बताउनुभएको हो ।
सो अवसरमा पन्थले संघले लिएको मूल मर्म र अभियानलाई मूर्तरुप दिने पनि लागिपर्ने बताउनुभयो । एनआरएनए अमेरिकालाई साझा संस्थाको रुपमा विकास गर्ने योजनासहित वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको पन्थले आफनो योग्यता, क्षमताले म्याएसम्म सबैको अपनत्व हुने गरि साझा संस्थाको रुपमा विकास गर्ने बताउनुभयो ।
२००८ मा अमेरिका आउनु भएका पन्थ मेरिल्याण्ड राज्यमा बस्नुहुन्छ। गैरआवासीय नेपाली संघको अभियान भने २०१४ देखि सक्रिय हुनुहुन्छ। २०१९ मा संघको अन्तराष्ट्रिय महाधिवेशन र विश्वो सम्मेलनमा पनि प्रतिनिधि भएर काठमाण्डौ जानुभएको थियो। वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार पन्थ नेपाली अमेरिकी समुदायमा नरम र मिलनसार व्यक्तिका रुपमा चिनिनुहुन्छ।
पन्थ सबैको रोजाईमा समेत पर्नुभएको छ । एनआरएनएको आगामी चुनावमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको पन्थ सबैको रोजाईमा पर्नुभएको हो । पन्थले ‘गतिशिल, पारदर्शी र संस्थागत एनआरएनए’ मूल नारा सहित वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । हाल एनसीसी अमेरिकाको उपाध्यक्ष रहनु भएको पन्थ गत २०१९ को निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएर विजयी हुनुभएको थियो ।
आफू नेपाली भएको आत्मसाथ गर्दै अमेरिकामा रहेका सबै नेपालीलाई एउटै बगैंचामा सजाउने प्रण उहाँले बताउनु भयो । यदि यहाँहरूले मलाई विश्वास गरेर उपाध्यक्षमा विजय गराउनु भयो भने मैले एनआरएनए एनसीसीलाई सबै नेपालीको साझा संस्था बनाउने मात्र नभइ मातृभूमीका लागि पनि नयाँ संकल्पका साथ काम गर्ने छु ।’ ताकि हामीलाई आफ्नो जन्मभूमी फर्कदा समेत मान सम्मान र इज्जत मिलोस् ।’विकास निर्माणमा हाम्रो पनि सहभागिता देखाउने गरी काम गर्ने सोच उहाँले बनाउनु भएको छ ।