नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखालको कोभिड विशेष एम्बुलेन्स सेवा सुरु

अनलाइन दर्पण 2021-05-08
img

श्रीकृष्ण बुढाथोकी। वैशाख २४, भक्तपुर। कोभिड-१९ ले विश्व आक्रान्त पारिरहेको अवस्थामा नेपाल पनि अछुतो रहन सकेन ।

भारतमा देखिएको कोभिडको दोस्रो लहर सँगै नेपालमा पनि यसको प्रत्यक्ष असर पर्दै गइरहेको छ। जसको कारण नेपालमा सङ्क्रमितको सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको छ।

सङ्क्रमितहरूको सङ्ख्यामा आएको वृद्धिसँगै बिरामीहरूले अस्पतालमा बेड पाउन समेत कठिन भइरहेको छ। भने सक्रिय सङ्क्रमितलाई अति नै आवश्यक पर्ने अक्सिजनको समेत बजारमा चरम अभाव भइरहेको छ।जसको कारण बिरामीहरूले अक्सिजन नै नपाएर मृत्युवरण गर्नु परेको छ ।

यस्ता विभिन्न अभाव साथसाथै कोभिड बिरामीहरूले अस्पतालसम्म पुग्नको लागि एम्बुलेन्स समेत नपाइरहेको अवस्थामा नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखा ले आफ्नो एम्बुलेन्सलाई कोभिड बिरामी ओसारपसारको लागि प्रयोग गर्ने गरि कोभिड विशेष एम्बुलेन्सको रुपमा सञ्चालमा ल्याएको छ।

विशेषगरी आर्थिक अभावका कारण अस्पतालमा पुर्याउन कठिन भएका बिरामीहरूको लागि सस्तो दरमा उपशाखाको एम्बुलेन्स २४ सै घण्टा तयारी अवस्थामा राखिएको नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखाका सभापति दिवकर सिलवालले जानकारी दिनुभयो।

कोभिड बिरामीलाई एम्बुलेन्स आवश्यक परेमा ९८४१९९९७७७/९८६४२७२७२८ मा सम्पर्क गर्न सकिने कुरा समेत सिलवालले जानकारी दिनुभयो।

सम्बन्धित समाचार

Advertisement