बिहे भोज गर्ने दुई बेहुला पक्राउ

अनलाइन दर्पण 2021-05-12

पर्वत । जलजला गाउँपालिका-२ मा निषेधाज्ञाका समयमा पनि बिहे भोज आयाेजना गर्ने  दुई बेहुला पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला-२ माझफाँटमा बिहेको भोजको आयोजना गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सोही गाउँपालिकाका २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियार रहेका छन् ।

मंगलबार बिहे गरेका उनीहरुले बुधबार एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आदेश जारी गरे पनि बिहेभोजमा ३०-४० गाउँले भेला भएको प्रहरीले जनाएको छ ।

प्रहरी पुगेपछि भोजमा सहभागी भागाभाग भएका थिए । सबै भागेपछि दुईजना बेहुलालाई समातेर आवश्यक कारबाहीपछि छाड्ने प्रहरीले जनाएको छ ।

उक्त गाउँमा कोरोनाका सक्रिय संक्रमित ७५ जना छन् ।

सम्बन्धित समाचार

Advertisement