श्रीकृष्ण बुढाथोकी । भक्तपुर । देशव्यापी अक्सिजन अभावका कारण मृत्युवरण गर्नुपर्ने अवस्था आइरहेका बेला नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले भने आफैं अक्सिजन उत्पादन सुरु गरेको छ । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल आफैँले अक्सिजन उत्पादन सुरु गरेकाे छ ।
देशमा कोभिडको बिरामीलाई अक्सिजनको अभाव भैरहेको समयमा नेपाल कोरिया मैत्री अस्पताल थिमिमा आफ्नै अक्सिजन प्लान्ट स्थापना गरेको हो ।
नगरपालिकाले आफ्नै लगानीमा आफ्नो अस्पतालका लागि अक्सिजन उत्पादन परीक्षण गरिरहेको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।