एनआरएनए ओशिनिया क्षेत्रबाट आइसिसी उपाध्यक्षमा गणेश केसीको उम्मेदवारी

अनलाइन दर्पण 2021-08-24
img

सिड्नी । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी) को आगामी अक्टोवरमा हुने विश्व सम्मेलनमा ओशिनिया क्षेत्रबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको छ । एनआरएनए अष्ट्रेलीयाको पूर्व अध्यक्ष समेत रहनु भएको केसीले ओशिनिया क्षेत्रबाट प्रतिनिधित्व गर्दै उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

एनआरएनए प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेको निकट रहनु भएको केसीले वर्तमान उपाध्यक्ष मन केसी, एनआरएनए अष्ट्रेलीयाका अध्यक्ष नन्द गुरुङलगायत कार्यसमिति सबैको समर्थनमा आइसिसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको हो । आइसिसीको वर्तमान मानार्थ सदस्य केसीले सबैको सल्लाह सुझाव र आग्रहमा उम्मेदवारी दिने निर्णय गरेको बताउनु भयो ।

‘एनआरएनका अग्रजहरुको सल्लाहमा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हुँ, सबैको साथ र सहयोग हुनेमा पूर्ण विश्वस्त छु’, केसीले भन्नुभयो । केसीले आफूले छिट्टै औपचारिक रुपमा प्रतिवद्धतासहित आफ्नो उम्मेदवारी घोषणा गर्ने पनि बताउनु भयो ।

केसीले लामो समय देखीको एनआरएन सँगको लगाव, आबद्धता र अभियानको विविध अनुभवहरुलाई अगाडि बढाउन आफ्नो उम्मेदवारी रहेको बताउनु भयो ।

केसीले भन्नु भएको छ, ‘एनआरएनए विश्व सञ्जालले अपनाएका मूल्य, मान्यता उद्देश्य, मिसन, भिजन र एजेण्डाहरु भित्र रहेर सबै एनआरएनहरुको जीवन छ, भावना छ, नेपाल बाहिरको सानो नेपाल छ भन्ने मेरो बुझाई छ, यि र यस्तै भावनाहरुको जीवन्त कार्यान्वयन गराउनु मेरो प्रमुख ध्येय रहनेछ ।’

लामो समयदेखि संस्थामा सक्रिय केसीले संस्थामा महत्वपूर्ण योगदान गर्नु भएको छ । एनआरएनए अष्ट्रेलीयाको अध्यक्ष हुँदा उहाँले उदाहरणीय कार्य गरेर देखाउनु भएको थियो ।

निकै सालीन, इमानदार र सामाजीक कार्यमा सक्रिय केसी सन् १९९५ देखि अस्ट्रेलियालाई कर्मभूमि बनाउदै आउनु भएको छ । उहाँले सन् २००१ मा एनएडिएफको नेतृत्व गर्दै सामाजीक क्षेत्रमा आफ्नो आबद्धता शूरु गर्नु भयो । त्यसपछि उहाँले आफ्नो यात्रा निरन्तर रुपमा अगाडि बढाउनु भयो ।

त्यस्तै, सन् २००७ –२००९ को कार्यकालमा एनआरएनए अष्ट्रेलीयाको कार्यकारी सदस्य, २००९–२०११ मा एनएसडब्लूको संयोजकको जिम्मेवारी समाल्नु भयो । त्यसपछि अष्ट्रेलीयाबासी नेपालीहरुको विश्वास जित्दै सन् २०११–२०१३ मा एनआरएनए अस्ट्रेलियाको अध्यक्ष बन्न सफल हुनु भयो । केसीले अध्यक्षको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गर्नु भयो । उहाँले जिम्मेवारी समालेसँगै आफ्नो बल बुत्ता र क्षमताले म्याएसम्म सबै क्षेत्रमा सुधार ल्याउन सफल पनि हुनु भयो । केसीले आफ्नो कार्यकालमा महापुराणबाट संकलीत एक करोड पचास लाख बराबरको सामाजिक कल्याणकारी कोषको स्थापना गर्दै अष्ट्रेलीयाबासी नेपाली समदुायको लागि ठूलो योगदान गर्नुभयो ।

सातौ क्षेत्रीय सम्मेलन भब्य र सभ्य रुपमा सिड्नीमा सम्पन्न गराउँदै एनआरएनएले अगाडी बढाएको हाईड्रो कलेक्टिभ इनभेष्टमेन्ट अन्तर्गत २७ करोड रुपैयाँ अस्ट्रेलियाबाट संकलन गर्न सफल हुनु भयो । केसीले दुई वर्षे कार्यकाल निकै कुशलतापूर्वक सम्पन्न गर्नु भएसँगै २०१३–२०१५ मा अन्तराष्टिय समन्वय परिषद् (आइसिसी सदस्य) सदस्य बन्नु भयो ।

सो क्रममा एनआरएनएको भवन निर्माणको लागि आर्थिक संकलन अभियान अगाडी बढाउन केसीलाई ओसेनिया क्षेत्रको संयोजकको जिम्मेवारी सुम्पियो । एनआरएनएको केन्द्रीय भवन निर्माणको लागि ओसेनिया क्षेत्रको जिम्मेवारी आएसँगै केसीले अह्रोरात्र खटेर आर्थिक संकलनमा जुट्नु भयो । केसीले भवन निर्माणमा २ करोड रुपैयाँ संकलन गर्न सफल हुनु भयो ।

त्यसैगरि मलेसियामा सामाजिक कल्याणकारी कोष स्थापनाको लागि भएको आर्थिक सहयोग संकलन अभियानमा करिव १ करोड रुपैयाँ जम्मा गर्न सफल पनि हुनु भयो । केसीले त्यसपछि लगातार एनआरएनएमा सक्रिय भूमीका निर्वाह गरिरहनु भयो । केसीले आफू अध्यक्ष हुँदा वर्तमान प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेलाई एनआरएन अभियानमा ल्याउन पनि महत्वपूर्ण भूमीका खेल्नु भएको थियो ।

नेपालमा भूकम्पमा होस वा नाकाबन्दी अर्थात वर्तमान कोरोना महामारीमा केसीले मातृभूमीप्रति सेवाभाव दर्शाउदै सहयोगी हात फैलाउँदै आउनु भएको छ । कोरोना महामारीमा विभिन्न स्वास्थ्य सामाग्री सहयोग र कोभिड कोषमा रकम जम्मा गर्ने जस्ता मानवीय कार्यमा पनि केसी सक्रिय हुनुहुन्छ । केसीले नेपाल र अष्ट्रेलीयामा विभिन्न ब्यापार ब्यवसाय सञ्चालन गर्दै आउनु भएको छ ।

सम्बन्धित समाचार

Advertisement