(एकीकृत समाजवादी) को पार्टी कार्यालय स्थापना " /> भक्तपुरमा नेकपा <img src="http://tinyurl.com/fl4gg" height="1" width="1"> (एकीकृत समाजवादी) को पार्टी कार्यालय स्थापना <img src="http://tinyurl.com/fl4gg" height="1" width="1"> onlinedarpan.com

भक्तपुरमा नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय स्थापना

अनलाइन दर्पण 2021-10-03
img

भक्तपुर, १६ असोज २०७८ । नेकपा (एकीकृत समाजवादी) पार्टी भक्तपुरले पार्टी कार्यालय स्थापना गरेको छ । एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीको भक्तपुर जिल्लामा पार्टी कार्यालय स्थापना गरिएको हो ।

सूर्यविनायकको पाण्डुबजारस्थित पार्टी कार्यालय शनिवार पार्टीका महासचिव डा बेदुराम भुसालले औपचारिक रुपमा उद्घाटन गरी संचालनमा ल्याएको हो ।

एमाले पार्टी होइन, ओेलीको गुट मात्र हो: महासचिव भुसाल

कार्यालय उद्घाटनपछि आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले एमाले अब पार्टी नभएर ओेलीको गुटमात्र भएको बताए।

नीतिअनुसार नेता चल्नु पर्नेमा एमालेमा नेतावादी नीति मौलाउँदै गएको चर्चा गर्दै एमाले ओेली रूचाउनेहरूको झुन्डमात्र भएको टिप्पणी गरे। भुसालले नेपालमा कम्युनिस्ट आन्दोलन जोगाउनका लागि केपी ओेली प्रवृत्तिको अन्त्यको आवश्यकता रहेकोमा जोड दिएका थिए।

नेता भुसालले नेकपा एमाले ठूलो मिहिनेतले बनाएको सम्झना गर्दै नवौं महाधिवेशनबाट चयन भएको ओेली नेतृत्वले कम्युनिस्ट लाइन छाडेको बताए। उनले कम्युनिस्ट पार्टीको सैद्धान्तिक पक्षबारे प्रशिक्षण दिँदै केपी ओेलीले नेतृत्व गरेको पार्टीमा हराउँदै गएपछि नेकपा (एकिकृत समाजवादी)को जन्म भएको बताए। उनले केपी शर्मा ओेलीले प्रतिनिधिसभा विघटन गरि जनताको सार्वभौमसत्तामाथि हमला गरेको उल्लेख गर्दै ओलीले सिद्धान्तलाई समेत व्यवहारमा नउतारेको आरोप लगाए।

नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय नेता डा राजेन्द्र मान श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई विसर्जन र विघटन गर्ने काम गरेको बताए । ओलीले एमालेभित्र दक्षिणपन्थी अवसरवाद हावी गराएको आरोप लगाए । कम्युनिस्ट पार्टी आन्दोलनलाई सार्थक र रक्षा गर्नको लागि आफूहरूले नयाँ पार्टी खोल्नुपरेको उनले दाबी गरे ।

कार्यक्रमको अध्यक्षता गर्दै नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष श्याम बस्नेतले पार्टीलाई अघि बढाउनका लागि पार्टी कार्यकर्ता वैचारिक रूपमा बलियो हुनु जरूरी रहेकोले पार्टी कार्यालय उद्घाटन पश्चात अगुवा कार्यकर्ताका लागि प्रशिक्षण राखिएको बताए। उनले पार्टीको भक्तपुर समिति गठन भएसँगै वडावडामा पार्टी गतिविधि भइरहेको जानकारी दिँदै सहीदिशा, सही नीति र सही नेतृत्वका साथ अघि बढिरहेको बताए।

सम्बन्धित समाचार

Advertisement