सुशील कार्की
असोज २३ दोलखा कालिन्चोक गाउपालिका वार्ड नम्बर ५ रानिबन पहिरो पीडित लाई नेकपा(एमाले)को केन्द्रिय सदस्य ,संघीय सासद एबम पुर्ब सुचना मन्त्री पार्बत गुरुङ द्वारा राहत बितरण गर्नु भएको छ ।उक्त राहत बितरण कार्यक्रममा नेकपा (एमाले )जिल्ला कमिटी उप-सचीव एबम जिल्ला समन्वय समिती सभापति डबल पाण्डे ,कालिन्चोक गाउपालिका प्रमुख बिन कुमार थामी युवा संघ केन्द्रिय सचीव महाराज गुरुङ लगाएतको उपस्थिति रहेको थियो ।कार्यक्रममा पुर्ब मन्त्री गुरुङले पहिरो पीडितका लागि छिटै सुरछित आवस को ब्यबस्था गर्ने बाताबरणको निर्माण गर्ने र पहिरो रोकथामका लागि प्रदेश सरकार ,केन्द्रिय सरकार लगाएत स्थानिय सरकारले पहल गरि पहिरोले अझ बढी क्षति हुन नदिन लाग्नु पर्ने बताउनु भयो ।