थानकोट–चित्लाङ सडक साउन २० गतेसम्म बन्द हुने

अनलाइन दर्पण 2024-07-13
img

काठमाडौं । थानकोट–चित्लाङ सडक साउनको २० गतेसम्म बन्द हुने भएको छ । सेतो पहरो क्षेत्रमा एक महिनादेखि विहान १० देखि बेलुका ५ बजेसम्म सडक बन्द गरेर उच्च ग्रेड कम गर्ने र साँघुरो ठाउँमा फराकिलो बनाउने काम भइरहेको छ ।

कडा चट्टानका कारण सडकको काममा ढिलाइ भएकोले आउँदो साउन २० गतेसम्मको लागि थानकोट–चित्लाङ सडक बन्द हुने सडक डिभिजन काठमाडौंले जनाएको छ ।

अब साउनको २० गतेसम्म बैकल्पिक बाटोको प्रयोग गरेर यात्रा गर्न सडक डिभिजन काठमाडौंले आग्रह गरेको छ । 

सम्बन्धित समाचार