सिन्धुपाल्चोकको लार्के खोलामा आएको बाढीले बगायो झोलुंगे पुल

अनलाइन दर्पण 2024-07-15
img

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित लार्के खोलामा गएराति आएको बाढीले झोलुंगेपुल बगाएको छ।

लार्के खोलामा गएराति आएको भिषण बाढीले मेलम्ची भोताङ सडक, गाउँपालिकाको वडा नम्बर १ र २ जोड्ने झोलुंगे पुल तटिय क्षेत्रको खेतीयोग्य जमिन बगाएको स्थानीय चिरन तामाङले जानकारी दिए।

‘बाढीले अहिलेसम्म मानवीय क्षति भौतिक क्षयति धेरै गरेको छ,’ तामाङले भने बाढीले चिनियाँ पुल, माझीरुम्टी, तीपेनी, खस्रेबालुवा, खाल्डेखोला, तीपेनीको ड्याम र हस्पिटल, याङरी बस्ती, सुनचौर र मइखर्क क्षेत्रमा बसोबास गर्ने स्थानीयमा त्रास बढेको छ।’

सम्बन्धित समाचार