गर्मीमा स्वस्थ्य रहन के गर्ने ?

अनलाइन दर्पण 2020-05-22
img

गर्मी भन्नासाथ पसिना, दुर्गन्ध, डिहाइड्रेसन, बेचैनी, आलस्यता तथा उर्जाको कमी भएजस्तो लाग्नथाल्छ । यद्यपि, हामीले केही सावधानीहरु अपनायौं भने गर्मी मौसममा पनि हामी फिट रहन सक्छौं, फुर्तिलो रहन सक्छौं, आलस्यतालाई हटाउन सक्छौं । गर्मी मौसममा खानपिनको तालमेल मिनाउन सकियो भने मौसमअनुसारको डाइटका साथै आफ्नो फिटनेस दिनचर्यालाई सन्तुलित राखियो भने हामी स्वस्थ र निरोगी रहनसक्छौं ।

गर्मीको खानपिन टिप्स

गर्मीमा ताजा खाना खानुपर्छ र स्वस्थ रहनुपर्छ । गर्मीमा तुरुन्त पकाएको भोजन नै खानुपर्छ । कारण यो मौसममा विशेषगरी टमाटर, आलु, हरियो सागपात र दाल चाँडै बिग्रने गर्छ । गर्मी मौसममा पचाउन सजिलो हुने खानेकुरा मात्र खानुपर्छ।

-बिहान उठेको एक-डेढ घन्टाभित्र केही न केही खानुपर्छ अथवा ग्रिन टी सेवन गर्नुपर्छ । लामो समयसम्म खाली पेट बस्नाले शरीरमा आवश्यक पोषक तत्वको कमी हुनपुग्छ । थोरै-थोरै समयको अन्तरालमा खाने गरेमा ओवर इटिङबाट बच्न सकिन्छ । बिहानको सुरुवात मन तातो पानीमा कागतीको रस र महसित गर्नु राम्रो हुन्छ ।

-गर्मीमा चिया-कफीको सेवन कम गर्नुपर्छ । यसबाहेक जुस, आइस, दही, लस्सी, सातु, कागती-पानी, वेल सर्वत, नरिवल पानी, उखुको रसलाई आफ्नो खानपिनमा समावेश गर्नु फाइदाजनक हुन्छ ।

-गर्मीको मौसममा घरमा ग्लुकोज, इलेकट्रोवियन, जीवनजल, पुदिना आदि राख्नुपर्छ ।

-बाहिर घामबाट फर्केपछि तुरुन्तै फ्रिजको पानी पिउनुहुँदैन । त्यसको साटो सुराही माटोको भाँडामा राखिएको पानी राम्रो हुन्छ ।

-मिठाईको बदलामा फलफूल खानुपर्छ ।

-अत्याधिक चिसो पेय पदार्थबाट टाढा रहनुपर्छ ।

-पचाउन सजिलो हुने तथा हल्का सब्जी खानुपर्छ । गाजर, टमाटर, पालकबाहेक पानीको मात्रा भएको लौका जस्ता सब्जी राम्रो हुन्छ। यी सब्जीहरूमा क्यालोरी समेत कम हुने भएकाले गर्मीसित लड्ने क्षमता पनि हुनेगर्छ ।

गर्मीमा व्यायाम

-गर्मीमा हिट स्ट्रोक र डिहाइड्रेसनबाट जोगिनका लागि बिहान सबेरै र साँझपख हिँडनु राम्रो हुन्छ । अहिले घर बाहिर हिँड्ने अनुकूलता नभएकाले घरभित्रै वा छतमा हिँड्न सकिन्छ ।

-अनुलोम बिलोम, कपालभाती जस्ता प्राणायाम गरौं ।

-केही क्षण ध्यानको अभ्यास गरौं ।

-योग अभ्यास गरौं ।

-केही क्षण विश्राम गरौं ।

अन्य उपायहरू

-गर्मीमा दैनिक रूपमा कम्तीमा दिनको तीन लिटर पानी पिउनुपर्छ । व्यायाम अथवा शारीरिक अभ्यासभन्दा पहिला र पछि पनि पानी अथवा तरल पदार्थ पिउनुपर्छ ।

-खानामा सुप तथा फलफूलको मात्रा बढाउनुपर्छ । मसलदार खाना कम खानुपर्छ ।

-एकसाथ तीन भन्दा बढी फलको मिक्स जुस पिउनुहुँदैन ।

-डब्बामा बन्द भएको जुसबाट जोगिनुपर्छ । ताजा फलको जुसलाई प्राथमिकता दिनुपर्छ ।

–शारीरिक सरसफाइमा ध्यान दिनुपर्छ ।

–बिहान चिसो पानीले नुहाउनु उपयुक्त हुन्छ ।

–हल्का र खुकुलो पहिरन लगाउनुपर्छ ।

–सेतो वा उज्यालो रंगको पहिरन उपयुक्त हुन्छ ।

सम्बन्धित समाचार

Advertisement