फलफूल खाएर किन फाल्नु हुँदैन फलफूलका बोक्रा, एकपटक पढौं , यस्ता छन फाईदाहरु ।।

अनलाइन दर्पण 2016-12-05
img

अधिकांश मान्छे फलफूल खाँएपछि त्यसको बोक्रा फाल्ने गर्छन् । फालिएका फलफूलका बोक्रा स्वास्थ्यको धेरै लाभप्रद हुन्छन् । फलफूल जस्तो बाहिरी बोक्रा मीठो स्वादको हुँदैन् । यसकारण पनि मानिसहरू बोक्रा फाल्ने गर्छन् । फलफूलमा भिटामिन र मिनिरल्स पाउँछन् । जुन शरीरको लागि निकै लाभप्रद हुन्छ । 

फलफूलको बोक्रामा समेत एण्टीअक्सीडेट तथा भिटामिन पाउने कुरामा धेरै अनभिज्ञ नै छन् । यसले क्यान्सर जस्तो खतरनाक रोगबाट समेत मुक्त हुन सक्छन् । साथै यसले रोग प्रतिरोधात्मक क्षमता पनि बृद्धि गर्छ ।

फलफूलका बोक्रा कसरी लाभदायक हुन्छ हेरौंः

सुन्तलाको बोक्राः सुन्तलाको बोक्रामा भिटामिन सी र एण्टी अक्सीडेन्टस् पाइन्छ । यसले शरीरको मोटोपन घटाउनुका साथै कब्जीयत र श्वासप्रश्वास सम्बन्धी समस्याबाट छुटकारा मिल्छ ।

केराको बोक्राः केराको बोक्राले दाँत सफा गर्न मद्दत गर्छ । यसले छालामा नरमपन ल्याउनुका साथै ऐसिडिटीबाट पनि बचाउँछ ।

अनारको बोक्राः अनारको बोक्रामा न्युट्रियट्स(पोषक तत्व) र भिटामिन प्रचुरमात्रामा पाइन्छ । यसले घाँटीको खसखसलाई निको पार्नुका साथै हड्डीको विकासमा पनि मद्दत मिल्दछ ।

तरबुजाको बोक्राः तरबुजाको बोक्राको सेतो भाग शरीरको मोटोपन घटाउन मद्दत गर्छ । यसले छाला र कपाललाई स्वस्थ राख्न मद्दत पुग्दछ । यसले शरीरको कोषिकालाई पोषण प्रदान गर्छ ।

स्याउको बोक्राः स्याउको बोक्राले कब्जीयतबाट मुक्त गराउँछ । यसमा फाइबर तत्व पाउने गर्छ । यसले रोग प्रतिरोधक क्षमता बढाउँछ । साथै क्यान्सरबाट बचाउन पनि सहयोग गर्छ ।

कागतीको बोक्राः कागतीको बोक्रामा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । यसमा एण्टीसेप्टिक गुण पाइन्छ । यसले मुखमा हुने संक्रमणबाट बचाउनुको साथै पेटमा हुने संक्रमणबाट पनि बचाउने गर्छ । यसले तनावबाट मुक्त हुन पनि सहयोग गर्छ ।

मेवाको बोक्राः मेवाको बोक्राले शरीरमा भएका विकारयुक्त रसायनलाई बाहिर निष्काशन गर्न मद्दत पु–याउँछ ।

Related Post

Advertisement