ग्ल्याडस्टोनमा नृत्य प्रतियोगिता 

अनलाइन दर्पण 2016-12-05
img

मध्यपुर ठिमी, २० मङ्सिर
मध्यपुर ठिमी मिलरोड २ बोडे भक्तपुर स्थित ग्ल्याडस्टोन एकेडेमीमा आज  नृत्य प्रतियोगिता  सम्पन्न भउको छ । 
विद्यालयको अतिरिक्त क्रियाकलाप समितिले आफ्नो वार्षिक अतिरिक्त क्रियाकलाप अन्तर्रगत नृत्य प्रतियोगिता सम्पन्न गरेको हो । कक्षा ६ देखि कक्षा ९ सम्मका ३१ जना छात्रछात्रा सहभागी रहेको नृत्य प्रतियोगितामा विभिन्न मौलिक नेपाली संस्कृति झल्काउने गीतमा प्रतियोगीहरुले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
बिगत २० वर्षदेखि नृत्य निर्देशकका रूपमा आफूलाई चिनाउदै आउनु भएका वरिष्ठ नृत्य निर्देशक दीपक बज्राचार्य र बालमुकुन्द प्रजापतिको निर्णायक मण्डल रहेको उक्त प्रतियोगितामा क्रमशः कक्षा ६ कि आयुष्मा तामाङ,कक्षा ९ कि पबित्रा ढुंगाना,कक्षा ६ कि स्तुति सापकोटा र कक्षा ७ कि अन्जु श्रेष्ठ पहिलो,दोस्रो,तेस्रो र सान्त्वना पुरस्कार पाउन सफल भए ।
विजयी छात्रछात्रालाई ट्रफी तथा प्रमाणपत्र प्रदान गर्दै विद्यालयका प्रधानाध्यापक तथा कार्यक्रमका सभापति श्री विनोद कुमार कोइरालाले बालबालिकाको नृत्य प्रतिभाको खुलेर तारिफ गर्नुभयो।
सो अवसरमा बोल्दै उहाँले बालबालिकाको चौतर्फी विकासका लागि विद्यालयले आयोजना गर्ने यस्ता कार्यक्रममा बालबालिकाको उल्लेख उपस्थितिले आफू हर्षित र गर्वित भएको बताउनु भयो।

सम्बन्धित समाचार

Advertisement