नेकपा निकट अखिल(क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन सम्पन्न चिरन्जीवि ढकाल बने अध्यक्ष

अनलाइन दर्पण 2018-03-14
img

दाङ, १ चैत्र । नेकपा निकट अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले चिरन्जीवि ढकालको अध्यक्षतामा ५९ सदस्यीय नयाँ समिति चयन गरेकाे छ । फागुन २७ गते देखि दाङको घोराहीमा भएको अखिल (क्रान्तिकारी) को २१ औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो ।

जसमा काठमाडौं युनिभर्सिटीबाट चिन्रन्जीवि ढकाल, नरेन्द्र विक, उपत्यकाबाट शुनिल बन्जाडे प्रकास अधिकारी लोकेन्द्र बिष्ट, त्रिभुवन युनिभर्सिटीबाट कमल बडुवाल, पोखरा युनिभर्सिटीबाट लोकेन्द्र सार्की, पोखरा विश्वविद्यालयबाट पुष्प न्यौपाने, सिटिइभिटीबाट प्रज्वल शाही, विज्ञान तथा प्रविधिबाट प्रकाश चन्द, भवानी ओझा, सुदुर पश्चिम विश्वविद्यालयबाट विरेन्द्र शाह, राप्ती ब्यूरोबाट दाङका हेमन्त जिसी, महिला जनजातिबाट प्रितिमा चौधरी प्यूठानबाट पदम पोख्रेल, रुकुमका दिपक विष्ट चयन हुनुभएको छ भने नारायणी ब्यूरोबाट मदन केसी प्रलाद गौतम, लुम्बिनीबाट रमेश गैरे, रुपा बुढा मगर, कुलराज बन्जाडे, शहिद स्मृति विद्यालयबाट तेज विक्रम वली, भेरीबाट मदन चन्द, प्रेम शाही, भरत रावल, कर्णालीबाट रत्न ओथ, प्रकाश विक, सेतीबाट हर्क विक, झलक विक, विरेन्द्र विक, महाकालीबाट विरेन्द्र, प्रकाश जप्रेल, संकर महरा, गण्डकबाट मिलन राई, काजी गुरुङ, डम्बर विक, धौलागिरीबाट आश गुरुङ, समराज, पूर्वी ताम्सालिङबाट मुकुन्द श्रेष्ठ, राजकुमार लामिछाने, जनकपुरबाट सविन श्रेष्ठ, सगरमाथाबाट दुर्गा तामाङ, विकास थापा, विकास राई, कोशीबाट नवराज नेपाल, पुष्प न्यौपाने, मेचीबाट राजु दास, गणेश, सञ्जय राई, पश्चिम ताम्सालिङबाट लक्षुराम विक सन्तोषी भट्टराई लगायत ५९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गर्दै आज बिहान सम्मेलन सकिएको हो ।

थप अरु पदाधिकारी केन्द्रीय समितिको बैठकले टुंग्याउने अखिल ((क्रान्तिकारी)ले जनाएको छ । सम्मेलनको बन्द सत्रमा प्रशिक्षण दिनुहुँदै नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटि सदस्य सन्तोष बुढा मगरले विश्व कम्युनिष्ट आन्दोलनको नयाँ विचारको स्वरुपसहित एकिकृत जनक्रान्तिको प्रक्षेपण गरिएको बताउनुभयो । उहाँले युवा विद्यार्थी नै एकिकृत जनक्रान्तिको आधारभूत वर्ग भएकाले देशको मुहार फेर्ने माक्र्सवादी ज्ञानसहितको शिक्षा हुनुपर्ने बताउनुभयो । शैक्षिक क्षेत्रमा दलालीकरण, द्धैत शिक्षा प्रणाली हाबी रहेको भन्दै यसको अन्त्यका लागि वैज्ञानिक शिक्षा वैज्ञानिक व्यवस्थामा मात्र हुने बताउनुभयो ।

नेकपाका पोलिट ब्यूरो सदस्य ओम पुनले क्रान्तिकारी विद्यार्थीहरु नयाँ नयाँ विषयको अन्वेषण गर्ने, खोज गर्ने शक्तिभएको बताउनुभयो । कम्युनिष्ट भनेकै वैज्ञानिक हो भन्दै नयाँ तथ्य पत्ता लगाउने, अन्वेषण गर्ने र जीवन व्यवहार बदल्ने वैज्ञानिक शिक्षाका लागि निरन्तर संघर्ष गर्नुपर्ने बताउनुभयो । आधा हात र आधा दिमाग चलाउने वास्तविक वैज्ञानिक बन्न पनि क्रान्तिकारी विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । नैतिक बलले मात्र अहिलेसम्म कम्युनिष्टहरु ठूलठूला लडाई जितेको स्मरण गराउदै उहाँले नेता जलेको खरानीले कार्यकर्ता बाच्नुपर्ने, कार्यकर्ता जलेको खरानीले जनता बाच्नुपर्ने उल्लेख गर्नुभयो ।

पुजीवादको घोडा चढ्ने र समाजवादीको नारा दिने नक्कली कम्युनिष्टका खोल ओढेकालाई आफूहरुले सामाजिक दलाल पुजीवादी घोषणा गरेको पनि उहाँले स्पष्ट पार्नुभयो । क्रान्ति सन्निकट रहेको भन्दै माक्र्सवादको ज्ञानको विस्तार गर्दै उच्च मनोबलका साथ लाग्न अपिल गर्नुभयो ।

बन्द सत्रमा नेकपाका केन्दीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सुवास, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो सदस्य सितल लगायतले बोल्नुभएको थियो ।

सम्बन्धित समाचार

Advertisement