कक्षा १० को परीक्षा तालिका सार्वजनिक

अनलाइन दर्पण 2016-12-14
img

काठमाडौं। यो बर्षको  कक्षा १० को अन्त्यमा लिइने एसइइ परीक्षा (सेकेण्डरी एजुकेशन एक्जामिनेशन) चैत ३ गतेदेखि हुने भएको छ । 
शिक्षा ऐनमा विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ मा हुने उल्लेख भएपनि यो बर्ष कक्षा १० को परीक्षा साविकको परीक्षा नियन्त्रण कार्यालयले नै गर्ने गरी मन्त्रालयले यस अघिनै गरेको निर्णयका आधारमा रुटीन तय गरिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए । शिक्षासचिव शान्तबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको परीक्षा सञ्चालक समितिको बैठकले परीक्षा तालिका तय गरेको हो ।


परीक्षा तालिका

 चैत ३ गते  : अनिवार्य अंग्रेजी
 चैत ४ गते : अनिवार्य नेपाली
चैत ६ गते : अनिवार्य गणित
चैत ७ गते :  अनिवार्य विज्ञान
चैत ८ गते :  सामाजिक शिक्षा
चैत ९ गते :  स्वास्थ्य जनसंख्या तथा वातावरण
चैत १० गते : ऐच्छिक प्रथम
चैत ११ गते : ऐच्छिक द्धितिय


प्राविधिक तर्फको परीक्षा भने चैत १४ गतेसम्म सञ्चालन हुने छ । यो वर्षको उक्त परीक्षामा करिब साढे ६ लाख विद्यार्थीको सहभागिता हुने परीक्षा नियंत्रण  कार्यालयले जनाएको छ । गत बर्षको  एसएलसीकै जस्तो गरी परीक्षा सञ्चालन हुनेछ । 

विद्यालय तहको सबै परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गर्ने ऐनमा ब्यवस्था छ । तर ऐन जारी लामो समय सम्म पनि मन्त्रालयले नियमावली निर्माण गर्न नसक्दा शिक्षामा धेरै थरीका अन्यौल जारी छ । यही अन्यौलका विचमा मन्त्रालयले कक्षा १० को परीक्षा नाम फेरेर पुरानै ढाँचामा सञ्चालन गर्ने तय गरेको थियो ।  तर नतिजा कसरी सार्वजनिक गर्ने भन्ने तय भईनसकेको श्रोतले जनाएको छ । 

 

 

सम्बन्धित समाचार

Advertisement