कक्षा १२ को परीक्षा आजबाट सुरु

अनलाइन दर्पण 2018-04-26
img

काठमाडौं – माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अन्तर्गत देशभरका एक हजार ८१ केन्द्रमा आजबाट कक्षा १२ को परीक्षा सुरु भएको छ ।

परीक्षामा ४ लाख १५ हजार दुई सय ५२ जना सहभागी भएका छन् । तीमध्ये २ लाख ८ हजार २ सय ७६ छात्र र २ लाख ६ हजार ९ सय ७५ छात्रा रहेको ।

राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाको सुरक्षार्थ ३९ हजार जनशक्ति परीक्षामा खटाइएको छ । वैशाख २७ गते कक्षा १२ को परीक्षा सकिएपछि सोही केन्द्रमा ३० गतेबाट कक्षा ११ को परीक्षा सञ्चालन गरिने । राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए ।

जेठ ९ गते सकिने परीक्षामा पाँच लाख ५० हजार नौ सय ५८ विद्यार्थी सहभागी हुनेछन् जसमा दुई लाख ६३ हजार एक सय ६८ छात्र र दुई लाख ८७ हजार सात सय ९१ छात्रा छन् । परीक्षामा ४६ हजार सात सय ६६ जनशक्ति खटाइनेछ । कक्षा ११ र १२ का कुल ९ लाख ६६ हजार २ सय १० विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।

सम्बन्धित समाचार

Advertisement