जन्म दिनका अवसरमा नेता भट्टराईद्वारा दुई दलित विद्यार्थीलाई  सहयोग

अनलाइन दर्पण 2018-09-06
img

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद योगेश भट्टराईले आफ्नो जन्म दिनका अवसरमा ताप्लेजुङका दुई दलित विद्यार्थीलाई आर्थिक सहयोग  गर्नुभएको छ ।

केही वर्षदेखि आफ्नो जन्म दिनमा सामाजिक काम गर्दै आएका नेता भट्टराईले जन्म दिनको उपलक्ष्यमा यसपटक पाथीभरा याङवरक गाउँपालिका शारदा माविमा कक्षा १ मा अध्ययनरत कमल विक र गङ्गा विकलाई आर्थिक सहयोग गरेका हुन् । 

पार्टीले विद्यालय भर्नामा जुट्न आह्वान गरेअनुसार आफैँले विद्यालय भर्ना गराएका ती दुई विद्यार्थीलाई विद्यालय पोशाक, शैक्षिक सामग्रीलगायतमा खर्च हुने गरी नगद रु दश/दश हजार प्रदान गरेको भट्टराईले बताए । 

परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उनीहरुकाे अध्ययनमा समस्या भएको थियो ।मिहेनती, अनुशाशित र जेहेन्दार विद्यार्थीलाई आर्थिक समस्याले पढाइमा बाधा न पुगोस भनेर नेता भट्टराईले आर्थिक सहयोग प्रदान गरेका हुन् । 

उक्त रकम पार्टीका ताप्लेजुङ सम्पर्क मञ्चका अध्यक्षद्वय सन्तोष मादेन र मिङ्मा डण्डु लामामार्फत ती विद्यार्थीको अभिभावकसम्म पुग्ने गरी हस्तान्तरण गरेको उनले जानकारी दिए । 

ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भट्टराई २०२३ साल भदौ २१ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिएका थिए ।  

सम्बन्धित समाचार

Advertisement